
फाइल तस्बिर
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्कनुभएको छ । असोज ६ गते नेपाली प्रतिनिधिमण्डलसहित अमेरिका जानुभएका खड्का आज स्वदेश फर्कनुभएको थियो ।
स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड-१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे राष्ट्रसंघमा छलफल भएको जानकारी दिनुभयो ।
अमेकिरा रहँदा छिमेकी देशका विदेशमन्त्रीहरु र विभिन्न देशका प्रतिनिधिमण्डलसँग भेट गरेको खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्