२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्वदलीय बैठक : सदनलाई निर्वाध र मर्यादित रूपमा अघि बढाउन दिन एमालेलाई आग्रह


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रूपमा अगाडी बढाउने भूमिका खेल्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख एमाले बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताउनुभयो ।

बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रूपमा सञ्चालन गर्न एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

संघीय संसदको दुवै सदमा जनताको दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरू थन्किएको भन्दै उहाँले अहिले संसदको बैठक आवश्यकता रहेकाले आगामी दिनमा बैठकमा उपस्थिति हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री देउवाले आजको बैठकमा प्रतिपक्षी दल अनुपस्थिति भए पनि आगामी दिनमा प्रतिपक्ष दलसँग सम्वाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।