
फाइल तस्वीर
धनकुटा । दशैं नजिकिएसँगै खसी बोका खरिदका लागि व्यापारीहरू धनकुटाका ग्रामीण बजारमा पुग्न थालेका छन् ।
धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने बजारमा सदरमुकामसहित बाहिरी जिल्लाका व्यापारी खसीबोका खरिदका लागि पुग्न थालेका हुन् ।
ग्रामीण क्षेत्रमा लाग्ने साप्ताहिक तथा पाक्षिक बजारमा सदरमुकाम र ठूला शहरको तुलनामा केही सस्तो मूल्यमा खसीबोका पाइने भएकाले ग्रामीण क्षेत्रको हाटबजार आएको व्यापारीहरूले बताएका छन् ।
पछिल्ला वर्षमा धनकुटाबाट खसीबोका निर्यात बढेको अनुमान गरिए पनि खसीबोकाको स्वास्थ्य जाँच भने हुने गरेको छैन ।
धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमकलगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्