१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई सयले घट्यो सुनको मूल्य


0
Shares

काठमाडौं । सुनको मूल्य आज(बिहीबार) प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएको सुन २ सय रुपैयाँले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज ८८ हजार २ सय ५० रहेको छ । तेजाबी सुन बुधबार ८८ हजार ४ सय ५० मा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । बुधवार प्रतितोला रु १ हजार १ सय ५५ मा कारोबार भएको चाँदी बिहीबार एक हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।