
काठमाडौं । लगातार तीन दिन घटेर बुधबार ५० अंकले बढेको सेयर बजार बिहीबार पुनः ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीको काaरोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।
एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको सेयर बजारमा बिहीबार ३ अर्ब ७० करोड रुपैयाँको मात्रै कारोबार भयो । बिहीबार ब्यापार, म्यूचल फन्ड र अन्य समूहका लगानीकर्ताले कमाउँदा बाँकी ११ समूह सूचक नकरात्कम रहे ।
प्रतिक्रिया दिनुहोस्