
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो ।
असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो ।
सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतार–हतार अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
मन्त्री जोशीले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने समय भइसकेको र सरकारसँग बिजनेस नभएकाले अधिवेशन अन्त्य गरिएको बताउनुभयो । कांग्रेसको असन्तुष्टिका कारण अधिवेशन अन्त्य नगरिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्