२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईपीएल क्रिकेट : सुपर ओभरमा पुग्यो ललितपुर र भैरहवाबीचको खेल


0
Shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पहिलो पटक सुपर ओभरमा खेल पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सले ७ विकेटको क्षतिमा एक सय ७७ रन बनाएकामा जवाफमा भैरहवा ग्लाडियटर्सले ५ विकेटको क्षतिमा एक सय ७७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

अन्तिम बलमा भैरहवाका कप्तान शरद भेषावकरले छक्का प्रहार गरेसँगै खेल सुपर ओभरमा गएको थियो । भैरहवाका लागि उपुल थरङ्गाले ४४ बलमा अविजित रहँदै ६७, कुशल मल्लले १९ बलमा ३५ रन बनाए । यता ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८, अज्मतुल्लाह ओमरजाईले ४२ तथा सन्दीप जोराले ३८ रन बनाएका थिए ।

खराव प्रकाशका कारण सुपर ओभरको खेल हुन नपाएपछि दुवै टिमले सहमतिमा १–१ अंक बाँडेका छन् ।