६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


उत्तर कोरियाले गर्‍यो अर्को मिसाइल परीक्षण


0
Shares

एजेन्सी । उत्तर कोरियाले फेरि अर्को एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । एक महिनाको अवधिमा उत्तर कोरियाले गरको यो चौथो मिसाइल परीक्षण हो ।

बिहिबार परीक्षण गरिएको मिसाइलमा दुई वटा राडर कन्ट्रोल र अन्य नयाँ प्रविधिहरु रहेको उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जनाएको छ । यो परीक्षणलाई पनि उसले देशको सुरक्षाका लागि अत्यावश्यक र महत्वपूर्ण भनेको छ ।

केही दिन अघि उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उता, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षामा अस्थिरता बढाएको बताउनुभएको छ ।

राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले त्यसलाई लत्याउँदै परीक्षण र प्रक्षेपणलाई निरन्तरता दिंदै आएको छ ।