
म्याग्दी । नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर मुस्ताङ्बाट भेडा च्याङ्ग्रा बेंसी झार्न सुरु गरिएको छ ।
कोभिड–१९ का कारण कोरला नाका ठप्प रहेकाले यो वर्ष दशैंमा थोरै मात्र भेडा च्याङ्ग्रा बजारमा आउने भएका छन् ।
पर्याप्त मात्रामा भेडा च्याङ्ग्रा नपाईने भएपछि ब्यापारीहरुले भेडा च्याङ्ग्राको मूल्य भने उचालेका छन् । उपल्लो मुस्ताङमा नै एउटै च्यांग्राको मूल्य सातदेखि १० हजारसम्मले महंगिएको लोमान्थाङ्काका व्यापारी पासाङ गुरुङको दाबी छ ।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङ्मै भेडा च्याङ्रगाको अभाव देखिएको बताएका छन् ।
गतवर्ष २७ हजारमा पाइने च्याङ्ग्राको मूल्य अहिले ३५ हजार पुगेको तुलाचनको भनाइ छ । गतवर्ष मुस्ताङबाट मात्रै करिब ७ हजार च्यांग्रा बिक्रीका लागि जिल्ला बाहिर पठाइएको थियो ।
जेठ र साउनमा हुने मेलामा तिब्बतीहरुले नेपाली सामान किन्ने र नेपालीहरुले भेडा र च्याङ्ग्राका पाठा किनेर पाल्ने चलन रहेकोमा यो वर्ष जेठ र साउनको मेला पनि हुन नपाएको पनि उद्योग वाणिज्य संघ मुस्ताङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्