१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारकाे छापा : कतै विराेध, कतै समर्थन (भिडियाे)


0
Shares

नविन सिंह

जनकपुर । प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले गएको बुधवार छापा मारेको थियो । प्रदेश २ सरकारका मन्त्रालय तथा मातहतका निकायहरुमा भ्रष्टाचार मौलाउँदै गएको अवस्थामा अख्तियारले छानबीनका लागि छापा मार्नु ठिक भएको स्थानीय बासिन्दाको भनाई रहेको छ ।

तर साइकल खरीद प्रक्रियामा मात्रै अनियमितता भएको भनेर अन्य क्षेत्रमा भईरहेको भ्रष्टाचार ओझेलमा पर्न नहुने जनकपुरधाम– ५ निवासी मनिष रमणको भनाइ छ । त्यस्तै जनकपुरधाम– १ निवासी व्यवसायी जितेन्द्र महासेठले मुख्यमन्त्री कार्यालयबाट भएको भ्रष्टाचारको छानविन हुनु राम्रो हो भन्दै छापामारीको शैली ठिक नभएको बताउनुहुन्छ ।

अर्का व्यवसायी विजय साहले भने प्रदेश सरकार र त्यसका हरेक निकाय भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनुभयो । अख्तियारले छापा मारेर राम्रो ग¥यो तर एउटा मात्र योजनामा सिमित नभई हरेक योजनाको छानबीन हुनुपर्ने साहको सुझाव छ ।

अख्तियारको टोलीले करीब ३ घण्टासम्म छापा मार्ने क्रममा साइकल खरिद तथा वितरण सम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको थियो । छापामारीपछि मुख्यमन्त्री लालबाबु राउतले भने संघीयता विरोधीहरुले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभएको थियो ।