२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


संविधान, कानुन र स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै क्रियाकलापमा बन्देज छैन– गृह मन्त्रालय


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड संक्रमण कायम रहेको भन्दै सभा, सम्मेलन, जात्रा, महोत्सव तथा भोजभतेरमा गरेको कडाइप्रति गृह मन्त्रालयले चासो व्यक्त गरेको छ ।

गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको मनसाय नरहेको स्पष्ट पारेको छ ।

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनले बिहीबार जारी गरेका आदेशमा सर्वसाधारण र सरोकारवाला क्षेत्रबाट आएको चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर गरिने क्रियाकलाप रोक्ने कुनै उदेश्य नभएको जनाएको छ ।

काठमाडौंका उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूको आदेश अनुसार शुक्रबारदेखि सार्वजनिक यातायातमा भने कडाइ गर्न थालिएको छ । मास्क नलगाइ यातायातमा चढ्न नपाउनेदेखि सीट संख्या भन्दा बढी राखेर भीडभाड गर्नेहरूलाई धमाधम कारबाही थालिएको छ ।