१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९ सयले बढ्यो सुनको मूल्य


0
Shares

Gold price hike nepal

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन सुन तोलामा ९ सय रुपैयाँले बढेको छ ।

बिहीबार तोलामा ८८ हजार ७ सयमा कारोबार भइरहेको सुनको मूल्य तोलामा ९ सयले बढेर ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार ११ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी ११ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यति बेलासम्म सुन प्रतिऔंस १७ सय ५५ र चाँदी २२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।