१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलम्चीमा पुल बनाउँछौ, दशैँ लक्षित राहत तत्काल दिन्छौं– अध्यक्ष राणा


0
Shares

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपतिशमसेर जबराले मेलम्चीमा पुल बनाउने घोषणा गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश निर्वाच क्षेत्र ‘क’, ‘ख’ र क्षेत्रीय अधिवेशन मेलम्चीमा बोल्दै राणाले चन्द्रशमसेरले बनाएको झोलुङगे पुल असारमा आएको बाढीले बगाएपछि आवतजावतमा समस्या भएकाले पुल बनाउने बताउनुभयो ।

आफू मन्त्री हुँदा मेलम्चीको पुल बनाएको स्मरण गर्दै अध्यक्ष राणाले पुल बाढीले बगाएकोमा दुःख लागेको बताउनुभयो । साथै उहाँको मेलम्ची र याङ्री क्षेत्रमा तत्कालै दशैँ लक्षित राहात वितरण गर्नेसमेत घोषणा गर्नुभयो ।

‘कोभिडको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा महत्वपुर्ण भूमिका खेलेको छ, अरू पार्टीहरूले २,४ वटा अक्सिजनको सिलिन्डर बोकेर फोटो खिचाए तर हामीले अक्सिजन उत्पादन गर्ने मेसिननै हस्तान्तरण गर्यौं,’ राणाले भन्नुभयो ।

राप्रपा सधैँ जनताको साथमा रहेको बताउँदै उहाँले सिन्धुपाल्चोकमा पार्टीले अग्रस्थान कायम गर्ने दाबी गर्नुभयो ।