
काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।
अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शाहजाद र भीम सार्कीले शतकीय साझेदारी गरेपछि पोखराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै १ विकेट मात्र गुमाएर पूरा गरेको हो । पोखराका विक्रम सोबले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पोखराका अलराउण्डर विवेक यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । चितवनका कमल सिंह ऐरी र शाहब आलमले २–२ विकेट लिए ।
योसँगै चितवन प्लेअफमा पुग्ने पहिलो टिम पनि बनेको छ । अपराजित चितवन ६ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्