
एजेन्सी । संयुक्त राष्ट्रसंघले पयालेस्टाइन शरणार्थीहरुको जीवनस्तर उकास्न ठूलो धनराशीको आश्यक्ता रहेका जनाएको छ ।
राष्ट्रसंघको शरणार्थी सहायता कोषले लामो समयको द्वन्द्वमा परेको प्यालेस्टाइनका सर्वसाधारणको सहायताका लागि सो सहयोग आवश्यक रहेको जनाएको हो ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि अमेरिकाले उपलब्ध गराउँदै आएको सहायता कटौती भएपछि शरणार्थीहरुको सहायतामा समस्य भएको जनाएको छ । राष्ट्रसंघका अधिकारीहरुले प्यालेस्टाइनमा, शिक्षा स्वास्थ्य र सामाजिक सेवाका लागि सो सहायता आवश्यक रहेको बताएका छन् ।
पयालेस्टाइन शरणार्थी कोषले आगामी हप्ता ब्रसेल्समा हुने भनिएको सम्मेलनमा एक वर्षका लागि आवश्यक सहायता रकम माग गर्ने बताइएको छ । सो कोषले प्यालेस्टाइनमा रहेका विद्यालय पुननिर्माण र बालबालिकाको शिक्षा र स्वास्थ्यमा सो रकम खर्च गर्ने जनाएको छ।
यस्तै रशणार्थी र उनीहरुको परिवालाई सहायता गर्न सो रकम खर्च गर्ने अधिकारीहरुले जनाएका छन् । प्यालेस्टाइनी क्षेत्र, जोर्डन र लेबनानमा ५० लाख भन्दा बढी प्यालेस्टाइनीहरुलाई सहयोग गर्दै आएको सो एजेन्सीले यस वर्ष एक सय मिलियन डलर खर्च गर्ने योजना रहेको जनाएको छ ।
ट्रम्प प्रशासनले सन् २०१८ पनि प्यालेस्टाइनीहरुलाई दिँदै आएको सहायता कटौती गरेसँगै समस्या भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रपति जो वाइडेनले इजरायल प्यालेस्टाइनबीचको विवाद समाधान गर्ने र आर्थिक सहायता पनि गर्ने अमेरिकाको चाहना रहेको बताउँदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्