१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईपीएल : पन्जाबद्वारा कोलकोत्ता पराजित


0
Shares

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा पन्जाबले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो ।

कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । पन्जाबको जितमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । मायांक अग्रवालले ४० रन जोड्दा शाहरुख खानले अविजित २२ रन बनाए ।

कोलकत्ताका वरुण चक्रवर्तीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । कोलकत्ताका लागि भेन्काटेस आयरले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

राहुल त्रिपाठीले ३४ तथा नितिस रानाले ३१ रन बनाए । पन्जाबका अश्रदिप सिंहले ३ विकेट लिए । रबि बोस्नाईले २ विकेट लिए । यस जितसँगै पन्जाबले १२ खेलमा १० अंक जोडेको छ । पन्जाब पाँचौं स्थानमा रहेको छ । कोलकत्ता १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।