
बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
कार्यालय पुगेका सेवाग्राहीले प्रशासन परीसर नै भरीने गरेपनि काम पूरा हुने अत्याधिक समय लाग्ने गरेको छ । छिटो काम गरीदिन आग्रह गरे कर्मचारीहरुले थुनिदिने धम्की दिने गरेको उनीहरुको गुनासो छ ।
सम्पूर्ण कागजसहित नागरिकता लिन गएपनि करिब तीन दिन लाग्ने सेवाग्राहीको गुनासो छ । यता, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुबालले सेवाग्राहीको भाषालगायतका करण सेवा प्रवाहमा ढिलाई भएको बताउनभयो । बारा जिल्लामा करिब १० लाख जनसंख्या रहेको छ ।
प्रतिक्रिया दिनुहोस्