
तस्बिर फाइल
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन गएरातिबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताउनुभयो ।
सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको थियो । यस अधिवेशनमा १० वटा विधेयक पारित गरेको भएको र चार विधेयक प्रमाणीकरण भएका थिए ।
सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस्