२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


शिक्षकमाथी सोधिएको स्पष्टीकरणप्रति ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकको ध्यानाकर्षण


0
Shares

चौतारा । नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले गाउँपालिकाले शिक्षकमाथी सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

शुक्रबार ट्रेड युनियन कांग्रेस र शिक्षक संघ सिन्धुपाल्चोकले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेको हो । नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँ पालिका, वडा न. ८ को अधिवेशनमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको भुमिकामा खटिएका शिक्षिकाहरु लक्ष्मी चालिसे, देवकी पण्डित र शिक्षक जनक महतलाई गाउँ पालिकाले स्पष्टीकरण सोधिएका थिए ।

ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकका अध्यक्ष युवराज गिरि र शिक्षक संघका अध्यक्ष तुल्सी दङ्गलद्घारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ( नेपालको प्रजातान्त्रिक आन्दोलन र हरेक परिवर्तनमा शिक्षक र ट्रेड युनियनकर्मीहरुको महत्त्वपूर्ण भुमिका छ । संविधानमै ट्रेड युनियन अधिकारको सुनिश्चित गरिएको छ ।

समाजका कुनै गतिविधिमा संलग्न हुनै नहुने भन्ने विषय प्रजातान्त्रिक मुल्य मान्यता भित्र पर्दैन । शिक्षकहरुप्रती गरिएको दुरासायपुर्ण व्यवहारलाई सच्चाई उच्च मनोबलकासाथ पठनपाठनमा संलग्न गराउने वातावरण बनाउन समेत विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।