२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित


0
Shares

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट अन्तर्गत शनिबारको बिहान हुने भनिएको काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ ।

भैरहवा र काठमाडौंका कप्तान, अम्पायर, ईपीएल प्रमुखको छलफलपछि खेल स्थगित गर्ने निर्णय भएको हो । टियु मैदानमा बिहान सामान्य वर्षा भएको थियो । त्यसपछि मैदानमा घाम लागे पनि खेल हुन नसकेको हो ।

दुवै टोलीका खेलाडीले केहि समय मैदानमा अभ्यास गरेका थिए । ओभर घटाएर खेल हुने सम्भावना देखिए पनि भिजेको आउटफिल्डको कारण खेल हुन सकेन । यो खेल पुन अर्को मितिमा हुनेछ ।

काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवन टाइगर्ससँग ३ विकेटले पराजित भएको थियो । विराटनगरले पहिलो खेल पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । प्लेअफमा स्थान बनाउन दुवै टिमलाई जित्नैपर्ने दवाव छ ।