
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ ।
सभापति शेरबहादुर देउवाले अवसर पाएर पनि काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
शनिबार कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उहाँले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क गर्नुभयो । नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको सेमत बताउनुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरूसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढन कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन एक्लै चुनाव जित्नुपर्ने अवस्था रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरू लागिपरेको बताउनुभयो ।
नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावीसमेत गर्नुभयो । उहाँले मुलुकलाई कम्युनिष्टको कहरबाट बचाउन पनि नेपाली कांग्रेसमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्