
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको तुलनामा यो साता सुनको मूल्य ६ सयले बढेको हो ।
गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यसबीचमा सुनको मूल्य आइतबार स्थिर थियो । सोमबार प्रतितोला ३ सयले बढेको मूल्य मंगलबार फेरि ३ सयले घट्यो । बुधबार तोलामा ९ सयले बढेको सुन त्यसयताका दुई दिनमा ओरालो लाग्दै शुक्रबार ८९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यो साता सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार ११ सय ४० रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस्