
काठमाडौं । आउँदो महिनादेखि मनोरम दरबारमार्गमा अवस्थित शेर्पा मलमा हार्ड रक क्याफे खुल्ने भएको छ ।
सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरूको निजी वस्त्र तथा सांगीतीक उपकरणहरूको संग्रहका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथमा आफ्नो नयाँ शहर प्रति प्रस्तुति पनि पेश गर्ने भएको छ ।
भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरूको आनन्द लिन सकिनेछ ।
हार्ड रक क्याफे काठमाडौंमा एक सय जना स्थानीय कामदारहरू रहने क्याफे सञ्चालकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्