१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लुम्बिनीमा धार्मिक गतिविधि बढ्यो


0
Shares

काठमाडौं । कोरोना संक्रमणको जोखिमसँगै बन्द लुम्बिनीमा धार्मिक गतिविधि बढ्न थालेका छन् ।

बौद्धमार्गीहरूको आस्थाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्न थालेको हो । साउनदेखि नै खुला गरिएको लुम्बिनी क्षेत्रमा सरकारले अनअराइभल भिसा खुला नगरेका कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् ।

अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक पनि आउन थालेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको थियो ।

लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा भइरहेको छ ।

कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरूको मर्मत तथा सरसफाइको काम गरिरहेको जनाएको छ ।