२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन


0
Shares

बारा । राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पुत्ला दहन गरको छ ।

अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्लासमेत दहन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिवानकाे अखडा बनाउन खोजेको यादवको आरोप छ । उहाँले भन्नुभयो, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसिराख्नुको औचित्य छैन।’

त्यस्तै उहाँले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाउनुभयो । प्रदर्शनमा मुख्यमन्त्रीविरुद्ध चर्को नाराबाजी भएको थियो ।