
पोखरा । महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडमा लगाएको मूल्य अभिवृद्धि करविरुद्ध युथ कांग्रेस नेपाल कास्कीले विरोध प्रर्दशन गरेको छ ।
सरकारले सेनेटरी प्याडमा लगाएको ‘रातो कर खारेज गर’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।
निःशुल्क वितरण गर्नुपर्ने प्याडलाई उल्टै कर लगाउँदा स्वास्थ्य माफियाहरूलाई हौसला मिल्ने र प्याड जस्तो संवेदनशील वस्तुमा कर छुट नगरे कडा आन्दोलनमा उत्रने उनीहरूले चेतावनी छ ।
विरोध प्रदर्शनमा उनीहरूले महिनावारीसम्बन्धी सम्पूर्ण सामाग्रीहरूमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउनुपर्ने, महिलाहरूको सहज पहुँचमा पुग्ने गरी सामग्रीहरूको व्यवस्थापन गर्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्