२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रचण्डलाई विप्लवको प्रस्ताव, ‘जनताको पक्षमा सँगै लडौं’


0
Shares

काभ्रे । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताको पक्षमा सँगै लड्न प्रस्ताव गर्नुभएको छ ।

‘प्रचण्ड’ले पार्टी एकताका लागि नेकपा लगायतका दलसँग पहल भइरहेको बताइरहेका बेला ‘विप्लव’ले भने अहिलेकै अवस्थामा सहकार्य सम्भव नभएको भन्दै जनताको पक्षमा सँगै लड्न प्रस्ताव गर्नुभयो ।

बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘विप्लव’ले ‘प्रचण्ड’ र बाबुराम भट्टराईले आफ्नो देश र जनताको बारेमा फैसला लिने बेला दिल्लीका मालिकसँग साँठगाँठ गरेपछि विद्रोह गर्नुपरेको बताउनुभयो । उहाँले गणतन्त्र दलालहरूको व्यवस्था भएको बताउनुभयो ।

कार्यक्रममा मोबाइल सेवा प्रदायक कम्पनी ‘एनसेल’प्रति निकै आक्रामक देखिनुभएका ‘विप्लव’ले एनसेल लुटेरा संस्था भएको आरोप लगाउनुभयो । कांग्रेस, एमाले, माओवादी एनसेलले पालेको उहाँको आरोप छ ।

कार्यक्रममा वैज्ञानिक समाजवाद स्थापित गरेरै छाड्ने उद्घोषसमेत महासचिव ‘विप्लव’ले गर्नुभयो ।