
काठमाडौं । मोडल तथा उद्यमी खुशी पाठकले ‘ऐना युनिसेक्स सैलुन’ सञ्चालनमा ल्याएकी छन् । राजधानीको थापाथलीस्थित ब्ल्यू बर्ड मलमा उनले सैलुन सञ्चालनमा ल्याएकी हुन् ।
४ वर्ष एयरहोस्टेज तथा विभिन्न कम्पनीमा व्यवस्थापनको जिम्मेवारी सम्हालिसकेकी पाठकले करिव ६० लाख रुपैयाँको लगानीमा सैलुन सुरु गरेकी हुन् । उनले सैलुनमा ७ जनालाई रोजगारी दिएकी छन् ।
सैलुनकै लागि भनेर उनले भारतबाट ‘हेयर मास्टर’ समेत ल्याएको बताउँछिन् । सैलुनको सेवा सबै बर्गका मानिसले प्रयोग गर्नसक्ने किसिमको हुने उनको दावी छ ।
मोडलसमेत रहेकी पाठकले एकपटक आफ्नै सैलुमा आएर सेवाको मौका दिनसमेत आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्