२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एथ्लेटिकोद्वारा बार्सिलोना पराजित


0
Shares

एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एट्लेटिकोलाई विजयी गराउन थोमस लेमार र लुइस सुवारेजले एक एक गोल गरे ।

जितसँगै एट्लेटिकोले ८ खेलबाट १७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानको रियाल मड्रिडको पनि ७ खेलबाट १७ अंक नैं छ । बार्सिलोना १२ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जारी सिजनको लिगमा बार्सिलोनाले कमजोर प्रदर्शन गरिरहेको छ । लियोनल मेस्सीले क्लब छोडेपछि बार्सिलोनाको खेल पनि खस्किएको छ । यसले टोलीका डच प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढाउँदै लगेको छ ।