१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफल सकिएपछि शीर्ष नेताहरुले जवाफ दिने


0
Shares

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिनुहुनेछ । त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाईनल गर्नेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।

जसमध्ये पाँच वटा समूहले हिजै आफ्नो निष्कर्ष पेश गरिसकेका छन् । उनीहरुले एमसीसीबारे पार्टीको धारण स्पष्ट हुनुपर्ने सुझाव दिएका छन् ।

यसैगरि एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव राख्नु पर्ने निष्कर्ष पनि समूहगत छलफलले निकालेको छ । यस्तै विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउनु पर्ने उनीहरुको निष्कर्ष छ । यसैगरी पार्टीबाट बाहिरिएका माधव नेपाललगायतका नेताहरुलाई निःशर्त पार्टीमा स्वागत गर्नुपर्ने सुझाव पनि आएको छ ।