
काठमाडौं । भारतको बिहार तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि परेको छ । आज बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली छ ।
प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाकाअनुसार प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । भोलि मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
त्यस्तै, देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षा र प्रदेश १ तथा प्रदेश २ का एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि संभावना रहेको छ । वर्षाका कारण उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्