
विराटनगर । नेपाली कांग्रेसकाे विराटनगर महानगर समितिको शनिबार सम्पन्न अधिवेशनबाट सभापतिमा दीपक चापागाइँ विजयी हुनु भएको छ । चापागाइँ दुई सय १२ मतसहित विजयी हुनु भएको हो ।
आज बिहान सकिएको मत गणनाको परिणाम अनुसार चापागाइँका निकटतम् प्रतिष्पर्धी सन्तोष न्यौपानले एक सय ६५ मत प्राप्त गर्नुभयो भने प्रत्यासीहरू कृष्ण कार्कीले एक सय ३३ र अरुण न्यौपानेले एक सय २७ मत प्राप्त गर्नुभएकाे हाे ।
सभापतिमा निर्वाचित चापागाइँको टिममा निरोज कोइराला र इन्दु सुवेदी उपसभापति, झुमा निरौला र तेजिन्द्र भट्टराई सचिव तथा सचिन पोखरेल र दिवस नेपाल सहसचिवमा विजयी हुनु भएकाे छ ।
नगर अधिवेशनमा ६ सय ८१ मतदाता मध्ये ६ सय ६४ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्