२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सत्तारुढ दलहरुको कार्यदल वैठक बालुवाटारमा जारी, मन्त्रालयको भागवण्डा टुंग्याउने कसरत


0
Shares

काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ ।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको संख्यामा सहमति भएपनि मन्त्रालयगत भागवण्डामा भने कुरा मिल्न सकेको छैन । सवैको दाबी आकर्षक मन्त्रालयहरुमा हुँदा पटक पटकको प्रयास असफल हुदै आएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८२ दिन वितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ । दल विभाजन सम्बन्धि अध्यादेश फिर्तापछि पनि मन्त्रिमण्डलले पूर्णता नपाउनुमा मन्त्रालयको भागवण्डा नमिल्नु भएकोमा शंका छैन । कार्यदल तहमा सहमति गरेर शीर्ष नेताहरुको वैठक गरेर अन्तिम टुंगो लगाउने बताइएको छ ।