१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आफ्नो निजी मामिलामा हस्तक्षेप नगर्न राष्ट्रसंघ सुरक्षा परिषदलाई उत्तर कोरियाको चेतावनी


0
Shares

एजेन्सी । उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई आफ्नाे मिसाइल प्रक्षेपण कार्यक्रमको आलोचनाका बारेमा प्रतिक्रिया दिंदै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदले गत शुक्रबार आपतकालिन बैठक आव्हन गर्दै फ्रान्सले उत्तर कोरियाको मिसाइल प्रक्षेपणका कार्यक्रममा बारेमा गम्भीर ध्यानाकर्षण भएको बताएपछि उत्तर कोरियाले यस्तो धम्की दिएको हो ।

उत्तर कोरियाको बिदेश मन्त्रालयले एक बक्तब्य जारी गर्दै उत्तर कोरियाको निजी मामिलामा हस्तक्षेप नगर्न संयुक्त राष्ट्र सुरक्षा परिषदलाई चेतावनी दिएको हो । उत्तर कोरियाले दक्षिण कोरियासंग वार्ता गर्न चाहेको पनि बताएको छ ।

अमेरिकाले उत्तर कोरियमाथि लगाएको प्रतिबन्धका कारण केही अप्ठेरो स्थिती उत्पन्न भएपछि दक्षिण कोरियासंग वार्ता गर्न चाहेको आंकलन गरिएको छ ।