१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


इटालीमा बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु


0
Shares

एजेन्सी । इटालीको मिलानमा एक निजी बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको बिमान उड्ने बितिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना भएको हो ।

दुर्घटनाका कारण सो भवनको पार्किङमा राखिएका दर्जनौ कारहरुमा आगलागी भई ध्वस्त भएका छन् । रोमानियाका ६८ बर्षिय पाइलट अर्वपति डान पेटेस्कु स्वयम चालक रहेको बिमानमा मृत्यु हुनेमा उनी सहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्य रहेका छन् । उड्ने बितिकै बिमानको इन्जिनमा आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान थालिएको छ ।