
एजेन्सी । पन्डोरा पेपर्सले विश्वका चर्चित नेता र अर्वपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन मुलुकहरुमा भएको खुलासा गरेको छ । जसमा पदम रहेका तथा पूर्व गरी ३५ जना राजनीतिक ब्यक्तिहरु छन् ।
यस्तै ३ सय भन्दा बढी सार्वजनिक पदमा रहेका अधिकारी र सेलिब्रेटीहरुको पनि अफसोर कम्पनीहरुमा लगानी रहेको छ ।
जोर्डनका राजा अवदुल्लाहको ७० मिलियन अमेरिकी डलर लगानी रहेको छ भने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उनकी श्रीमतीले लण्डनमा अफिस खरिद गर्दा ३ लाख पाउण्डभन्दा बढीको घोटाला गरेको दाबी पनि पेपर्समा गरिएको छ।
यसैगरी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले फान्सको मोनाका टापुमा गोप्य सम्पती राखेको दाबी गरिएको छ भने चेक गणतन्त्रका प्रधानमन्त्री आन्दे्रेज बाबिसले पनि अथाह सम्पती गोप्य तरिकाले राखेको दाबी पेपर्समा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्