१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


पोखरा महानगरको पालिखेचोकमा सडक फराकिलो बनाउन सुरु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाको मुख्य बजार पालिखेचोकको सडक फराकिलो बनाउने काम बिहीबारदेखि सुरु भएको छ ।

साघुँरो सडकका कारण सास्ती हुँदै आएकाले फराकिलो बनाउन डोजर लगाएर घर भत्काउन थालिएको हो ।

मापदन्डभित्रका घर डोजर लगाएर भत्काएसँगै चोक फराकिलो बनाउने कामको बिहीबारदेखि सुरुआत गरिएको हो ।

यससँगै मापदन्ड कार्यान्वयन गराउने ४० वर्षअघिको योजना महानगर र ४ नम्बर वडाको संयुक्त पहलमा बल्ल साकार भएको छ ।

बढ्दो सहरीकरण र यातायातका साधनका कारण सडक फराकिलो बनाउनुपर्ने आवश्यकता खट्किँदै आएको थियो ।

गत वर्ष साउनमै सडक फराकिलो बनाउने प्रयास भएपनि मुआब्जाको विवादका कारण अवरोध भएको थियो ।

पालिखेचोक सबैको साथ र सहयोगले फराकिलो बनाउन सफल भएको वडा नम्बर–४ का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

चालू आर्थिक वर्षको बजेट निकासा हुनासाथ बाँकी मुआब्जा बुझाइने पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।