
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्लाका ११ स्थानीय पालिकामध्ये ९ वटामा नयाँ नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशनअन्तर्गत कांग्रेसले गत शनिबारदेखि काठमाडौंमा पालिका अधिवेशन सुरू गरेको थियो ।
अहिलेसम्म ९ वटा पालिका अधिवेशनको मतपरिणाम सार्वजनिक भइसकेका छन् । काठमाडौंमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको जोडीले सफलता हात पारेको छ । ६ पालिकामा सिंह–थापानिकट विजयी हुँदा दुई पालिकामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता विजयी भएका छन् ।
सभापति शेरबहादुर देउवानिकट उम्मेदवार एउटा पालिकामा मात्रै विजयी भएका छन् । काठमाडौं महानगरपालिकामा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला पक्ष मिलेर उम्मेदवारी दिएका थिए । तर संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन् । काठमाडौंमा अब कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा मात्रै अधिवेशन हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्