
काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ कान्छाराम विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कोहीले ५१ प्रतिशत पुर्याउन नसक्दा पुन निर्वाचन हुने भएको थियो ।
दोस्रो चरणको निर्वाचनमा कान्छारामले मात्रै सभापति पदका लागि उम्मेदवारी दर्ता गरेर अन्यले दर्ता नगरेपछि उहाँ सभापतिमा विजयी हुनुभएको हो ।
पहिलो चरणको निर्वाचनमा करिब १३८१ मत मध्ये पुर्ण बहादुर तमाङले ६६८,लबश्री न्यौपानेले ३५६ र कृष्ण बहादुर महतले ३२८ मत प्राप्त गरेका थिए । २९ मत्त बदर भएको थियो । तामाङ पार्टी सभापति शेरबहादुर देउवानिकट हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्