
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने निर्णय गरेको थियो ।
त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिनुभयो । आज हुन नसकेका जिल्लामा दसैंपछि मात्र अधिवेशन निर्वाचन समितिले जनाएको छ । ६ हिमाली जिल्लाले नयाँ नेतृत्व चयन गरिसकेका छन् ।
हुम्ला, मुस्ताङ, मनाङ, पूर्वी रुकुम, संखुवासभा र कालिकोटको अधिवेशन सकिएको छ । हिमाली जिल्लामा ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा,रुकुम (पूर्व) र म्याग्दी छन् । हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।
प्रतिक्रिया दिनुहोस्