
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी भएको बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताउनुभयो । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोममबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ ।’
अध्यक्ष दाहालले एमालेमा विचार र सिद्धान्त नभएको टिप्पणी गर्दै सूर्य चिन्ह र मदन भण्डारी तस्वीर देखाइरहेको बताउनुभयो । एमालेले अहिले केपी ओलीलाई मदन भण्डारी बनाउन खोजेको बताउनुभयो । माओवादीले समातेको लाइन सही भएको उहाँको थियाे ।
जनमत निर्माणमा बुद्धिजीवी संगठनले मार्क्सवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढंगले जनतासमक्ष बुझाउन पनि उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्