१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाबुको हत्या आरोपमा पर्वतमा पुरुष पक्राउ


0
Shares

पर्वत । आफ्नै बाबुको हत्या आरोपमा कुश्मा नगरपालिका–३ दुर्लुङमा एक पुरुष पक्राउ परेका छन् ।

गौवारीका ६४ वर्षिय धनलाल विकको हत्या आरोपमा प्रहरीले ४५ वर्षीय छोरा राजकुमारलाई पक्राउ गरेको हो ।

घरायसी झगडाको क्रममा गएराति १० बजे बाउँसो र लठ्ठीले हानेर राजकुमारले धनलालको हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती माइतीघर गएकाले गएराति घरमा बाबुछोरा मात्र भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पनि काठको, ढुंगा, लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको उहाँले बताउनुभयो । मृतकको मोबाइलसमेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरू देखिएका छन् ।

सोमबार बिहान छिमेकीले मृतक धनलालको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जर्नाएको छ ।