
काठमाडौं । लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने सर्ट फिल्म ‘जोइटिङग्रे’ सार्वजनिक भएको छ ।
प्रवासी नेपाली चर्चित गीतकार अर्जुन थापाले निर्माण तथा निर्देशन गरेको ४ मिनेट ५१ सकेण्डको सर्ट फिल्ममा नारी द्वेषी लोकोक्ति ‘जोइटिङग्रे’ शब्दमाथि चोटिलो प्रहार गरिएको छ ।
फिल्ममा पत्नीको सल्लाह, सुझाव लिने, पत्नीलाई काममा सघाउने र नारी–पुरुष समानताका लागि मानवीय व्यवहार प्रदर्शन गर्ने पतिलाई नेपाली समाजमा ‘जोइटिङ्ग्रे’ भन्ने रुढिग्रस्त चेतनालाई मेटाउन तार्किक सन्देश पेश गरिएको छ ।
सम्यक अभिनय र रचनात्मक प्रस्तुतिले फिल्मलाई चखिलो चटनी बनाएको छ । सर्ट फिल्ममा निर्देशक थापासहित निरु थापा, सरस्वती तिवारी र निश्मा चापागाईंका अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्