१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा २३ लाख रुपैयाँसहित एक युवक पक्राउ


0
Shares

मनिष गुप्ता
कपिलवस्तु । स्रोत नखुलेको २३ लाख नेपाली रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कमा घुमिरहेको दुई जनामाथि शंका लागेर जाँच गर्दा २२ लाख ९१ हजार ८ सय रुपैयाँ भेटिएको प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभयो ।

पैसासहित पक्राउ परेका बुद्धभुमि नगरपालिका–९ धमौलीका २२ वर्षीय जीवनप्रसाद भुसाललाई नियन्त्रमा लिएर थप अनुसन्धानपश्चात राजश्व अनुसन्धान विभाग बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

भुसालको साथबाट एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डी र एक सयको ३ वटा नोट बरामद गरिएको थियो ।