२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले कम्युनिष्ट नीतिबाट च्यूत हुँदा विद्रोह गर्नुपर्यो– केशवलाल श्रेष्ठ


0
Shares

विवेक भण्डारी
नवलपुर । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठले नेकपा (एमाले) कम्युनिष्ट नीति, सिद्धान्त र विचारबाट च्यूत हुँदै गएपछि विद्रोह गर्नुपरेको बताउनुभएको छ ।

नेता श्रेष्ठले अबको समाजवादी यात्राको नेतृत्व र कम्युनिष्ट पार्टीको मोर्चा सम्हाल्ने अभिभारा नेकपा (एकीकृत समाजवादी)को हुनेसमेत दावी गर्नुभयो ।

सोमबार नवलपुरमा पार्टी कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले प्रतिनिधिसभा विघटनदेखि पार्टीमा समेत स्वेच्छाचारी हुँदा र हुकुमी शासन मौलाउँदा राजनीतिक घटनाले नयाँ मोड लिएको बताउनुभयो ।

एमालेमा फरक मत राख्नेलाई सिद्याइदिने अवस्था आउँदा एमाले नै सकिन लागेको टिप्पणी गर्नुभयो । ‘संघीय सरकारमा अहंकारले दुई तिहाईबाट प्रतिपक्षीमा पुगेको छ, प्रदेश सरकार सबै गुम्ने स्थितिमा छ,’ श्रेष्ठले भने ।

श्रेष्ठले प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा छुट्याइएको भन्ने समाचार निराधार रहेको तर्क गर्नुभयो ।