२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


ईपीएल क्रिकेट : वर्षाले खेल रोकिएपछि काठमाडौं पोखरासँग १४ रनले पराजित


0
Shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी—ट्वेन्टी क्रिकेटमा काठमाडौं किङ्स–११ पराजित भएको छ । अहिलेसम्म एउटामात्र खेल जितेको काठमाडौं पोखरा राइनोजसँग १४ रनले पराजित भएको हो ।

कीतिपुरस्थिथ टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । अमित श्रेष्ठले ५६ तथा ५० रन जोडेको इनिङ्समा कप्तान सन्दीप लामिछानेले आक्रामक खेल्दै ११ बलमा ३ छक्का र २ चौकाको मद्धतले ३१ रन बनाए ।

जवाफमा प्लेअफ यात्रा सुरक्षित गरिसकेको पोखराले आक्रामक खेलिरहँदा वर्षाले खेल रोकिनु पूर्व १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन जोडेको थियो । त्यसपछि खेल हुन नसक्दा डक वर्थ लेविस नियमअनुसार पोखरा १४ रनले विजयी भयो ।

जितसँगै पोखरा ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको चितवन टाइगर्सको ५ खेलबाट ८ अंक छ । पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ ।

अब अन्तिम खेलमा मंगलबार भैरहवालाई हराउन सकेमात्र काठमाडौं प्लेअफमा पुग्नेछ । सो खेलमा काठमाडौं पराजित भए ३ अंकको ललितपुर ग्लाडियटर्सले प्लेअफमा अवसर पाउने छ । ६ टिम सहभागी प्रतियोगितामा विराटनगर वारियर्स बाहिरिइसकेको छ ।

यसअघि सोमबार भएको लिग चरणको अन्तिम खेलमा चितवन टाइगर्स सोमबारको पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग ६ विकेटले पराजित भएको थियो ।