१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूकम्पबाट क्षति भएको संरचनाको प्रगति विवरण तीन–तीन महिनामा पठाउन निर्देशन


13
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले प्राधिकरणले निर्माण गरेका संरचनाहरूको दिगो संरक्षण, उपयोग र त्यसको समुचित व्यवस्थापन सम्बन्धी स्पष्ट कार्ययोजना बनाउन शहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका सम्बद्ध जिम्मेवार निकायहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

समितिले प्राधिकरणको समयावधि सकिन लागेको भन्दै प्राधिकरण मातहत रही विभिन्न जिल्लामा निर्माणको कार्यलाई सहयोग पुर्याउने प्राविधिक जनशक्ति र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायलाई तत्काल व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा हस्तान्तरण भएका तर पुनर्निर्माण सम्पन्न भइनसकेका संरचनाहरूको निर्माणको लागि आवश्यक जनशक्ति र स्रोतसहित निर्धारित समयमै काम सक्न पनि निर्देशन दिएको छ ।