२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित, श्रीलंका ३–२ ले पराजित


0
Shares

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले गएराति श्रीलंकालाई ३–२ ले हराएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपाललाई विजयी गराउन सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक एक गोल गरे ।

लगातार दोस्रो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो । दुई खेलबाट नेपालले ६ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको बंगालदेश दोस्रो स्थानमा छ ।

हिजै सम्पन्न पहिलो खेलमा दश खेलाडीमा सिमित बनेको बंगालदेशले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आइतवार राति भारतसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागि ५ टोलीले राउण्ड रोबिन लिगको आधारमा समुह चरण खेलिरहेका छन् । समुहका शिर्ष दुई टोली उपाधिको लागि भिड्नेछन् । फाईनल खेल यही असोज ३० गते हुनेछ ।