१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी, देउवाको उम्मेद्वार तेस्रो


0
Shares

काठमाडौं । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा बर्माले ८७७ मत ल्याएर निर्वाचित हुनुभएको हो । बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुनुहुन्छ ।

सभापतिका अर्का उम्मेद्वार तारा खड्काले ४८५ प्राप्त गर्नुभएको छ । खड्का कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुनुहुन्थयो । खसेको कूल १३७३ मतमध्ये ११ मत्त बदर भएको छ ।

सभापतिका अर्का उम्मेदवार रुद्र खड्का भने पहिलो चरणको निर्वाचन पछि नै बाहिरिनुभएको थियो । खड्का सभापति देउवानिकट हुनुहुन्थ्यो ।