१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बिजुलीको बक्यौता बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा


0
Shares

एजेन्सी । बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ ।

वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम बुझाउन बाँकी रहेको र तालिवानले रकम बुझाउन नसक्ने जनाएपछि काबुल सहित पुरै अफगानिस्तान अध्याँरोको चपेटामा पर्ने भएको छ ।

अफगानिस्तानले हाल उज्वेकिस्तान, ताजिकिस्तान लगायत छिमेकी देशहरुबाट आयात भइरहेको बिजुलीको करौडौको बक्यौता रकम बुझाउन बाँकी रहेकाले रकम भुक्तानीको ताकेता गर्दा तालिवान सरकारले नमानेपछी ती देशहरुले बिजुली आपुर्ती बन्द गर्ने चेतावनीे दिइरहेका छन् ।

अफगानिस्तानमा खडेरीका कारण घरेलु बिजुली उत्पादन गर्न सम्भव छैन । यता संयुक्त राष्ट्रसंघ तथा युरोपेली संघले अफगानिस्तानको पछिल्लो अवस्थाबारे चिन्ता ब्यक्त गर्दै अफगानिस्तान बिश्वको सबैभन्दा गरीब देशमा सुचीकृत हुने सम्भावना बढेको बताएको छ ।

अफगानिस्तानमा हाल मानविय, आर्थिक र सामाजिक संकटको खतरा बढेको भन्दै तालीवानको ज्यादती तत्काल रोक्न माग गरेको छ ।